रौतहट मो.मजिबुल्लाह- मलाई भगवान श्री कृष्णाले भन्नु भएको एउटा कुरा, सृष्टीको संरचना गर्नु र मानवलाई जन्म दिनु मैले आफ्नो कर्म बुझेको छु तर मानवले सृष्टीलाई कुन हिसावले बढाउने भन्ने उसमाथी नै छोडेको छु ।


अहिले अवस्थामा मानव भन्नेका सृष्टीको रक्षक भन्दा भक्षकको रुपमा परिचित भएको देखिन्छ । कुनै युग नभएको लिला अहिल विश्व कोभीड —१९ कोरोना भाईरसबाट भोगनु परेको छ, तर मानवले यसमा पनि मानवता बुझेको देखिदैन । करोडौ रकम मानव कल्याणको लागि सरकारले दिएपनि स्थानिय कर्मचारी जनप्रतिनिधिहरु राहत दिनुको साटो आहत दिदैछ ।


कहि सडेको चामल कहि सडेको दाल, कहि १० किलो चालमको नाममा ७ किलो जस्ता क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको मानवता प्रतिको उदारता देखेर गौरका स्थानिय युवाहरुले लकडाउन भएपनि सडकमा रहेको कुकुरहरुको विचल्ली प्रति साहनुभुति जनाउदै उनिहरुलाई खाना खुवाई रहेका छन् । यस्ता क्रियाकलाप देखेर मानवहरुले, धेरै राम्रो काम हो भन्छ तर त्यस कार्यलाई सहयोग गर्ने आट कमैले गरेका छन् ।
भागवत गितामा लेखिएको छ, सृष्टीको संरचना ८४ हजार जिव जन्तु मिलेर बनेको छ, जसमा मानवलाई सर्वश्रेष्ठ प्राणिको रुपमा स्थापीत गरिएको छ । त्यसैले जव जव सृष्टी पृथ्वी को अनुकुलतालाई प्रतिकुल गर्ने कोसीस गरिन्छ त्यस वेला मानव माथी संकट आउने गर्छ । त्यसैको फल स्वरुप अहिले कोरोना भाईरसले विश्व अक्रान्त बनेको आचार्यहरुको भनाई रहेको छ ।
यस्ता समयमा पृथ्वीलाई अनुकुल बनाउनु पर्छ, त्यसै मध्येको एक हो जानवर जुन जसमाथि कसै को ध्यान गएको छैन, तर यस्तो पृथक सोच को साथ यहाँका युवाहरुले सडकमा रहेका कुकुरलाई खाना खुवाउने अभियान को सुरुवात गरेको छ, जसको अगुवाइ समाजसेवीको रुपमा अगाडी बढदै गरेको सुधिर श्रीवास्तवले गरेका छन् यो कार्य सृष्टीको रक्षम अनुकुल बनाउनमा थोरै भएपनि सहयोग भएको देखिन्छ ।
यस्ता क्रृयाकलापले आफुलाई श्री ५ भन्दा ठुला ठानेका सरखारहरुले पनि मानवता बुझनु पर्छ की । कुकुरलाई खाना खुवाउनु र सरकाररहरुले अभिभार थामेका जनतालाई भोकै सुत्न बाध्य बनाउनु के यहीको जनता तन्त्र ।कुकुरहरूलाई आजको खानामा चिउरा को पुलाव र मासु रहेको थियो । खाना खुवाउने अभियानमा ओम सर्वोत्तम पुडासैनी,नीरज जैसवाल, शिवजी यादव रघुबीर शर्मा, सुशान्त श्रीवास्तव लगायतका अभियानीहरूको सहभागी रहेका सुधिर श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here