कोरोना भाइरस संक्रमण बढ़ी रहदा केहि मीडिया र व्यक्ति हरुले अनर्गल सूचना फैलाइ रहेको भन्दै नेपाल मुस्लिम संगठन ले कार्यवाही को मांग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी निकट मुस्लिम संगठनले वर्तमान समय मे केहि व्यक्तिहरू समाजिक सञ्जाल को दुरुपयोग गर्दै विशेष समुदाय धर्मलाई लक्षित गरेर समाजिक सद्भाव खलबल्याउने गरि अभिव्यक्तिहरू सार्वजनिक गरि रहेको कारण दुःख समेत व्यक्ति गरेको छ ।
नेपाल सरकारलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा निम्न सुझाव दिदै कार्यवाही को मांग गरेको छ।

१:-समाजिक संजाल र केही संचार माध्यमबाट धर्म विशेषलाई लक्षित गरि समाजलाई खलबलाउने गरि प्रचार प्रसार व समाचार सम्प्रेषण गर्ने गराउने लाई छानबिन गरि उचित कार्यवाहि गर्ने।
२:-व्यक्तिका कमीकमजोरी तथा गल्तीलाई लिएर पुरै मुस्लिम समुदायहरु प्रति नकारात्मक टिका टिप्पणी गर्ने व्यक्ति छ भने उक्त व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने।
३:-धर्मका नाममा झूठो एंव भ्रमक अभिव्यक्ति दिइ विश्वले सामना गर्नु परि रहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट उत्पन्न विपतको लाभ लिई झूठो भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई समाजिक संजालमा शेयर गर्ने व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने ।
४:-कोरोना भाइरस बाट संक्रमित व्यक्तिको पहिचान खुल्ने गरि तस्विर सहित वैयक्तिक गोपनीय प्रतिकुल हुने गरि समाग्री सम्प्रेषण गर्ने व्यक्ति व संस्था को पहिचान गरि उचित कार्यवाहि गर्ने।
५:-कोरोना भाइरस बाट देशका जनता त्रसित भएको समय दूध, तरकारी, फलफूल खाद्यान्न वस्तु, औषधीको अभाव हुन नदिने र यस्ता समयमा कालोबजारी गर्ने व्यापारीहरुको पहिचान गरि उचित कार्यवाहि गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here