मंगलबार पनि रौतहटमा कार्यरत एक शस्त्र प्रहरी जवानले एक गर्भबति महिलालाई गरेको सहयोगको प्रसंशा गौर अस्पतालका पदाधिकारी र स्थानीयले गरेका छन।

काभ्रे घर भएका तर हाल शस्त्र प्रहरी बल ११ न गन हजमिनिया रौतहटमा कार्यरत शस्त्र प्रहरी जवान मनोज वडालले गौर अस्पतालमा भर्ना रहेकि स्थानीय गर्भबति महिलाको ज्यान जोगाएर प्रसंशा बटुलेका हुन।

रौतहट जिल्ला अस्पतालमा भर्ना रहेकी गौर नगरपालिका वडा न ६ कि तन्न्जिला खातुनलाई शस्त्र प्रहरी जवान बडालले एक पिन्ट रगत दिएर ज्यान जोगिएको हो।

बडालले रगत दिएर ठूलो पुन्यको काम गरेको गौर अस्पताल संचालक समितिका अध्यक्ष शेख जमसेदले बताए ।
अस्पतालको शैयामा रहेकी खातुनलाई रगत चाहिएको थियो । तर, उनलाई आवश्यक रगत कतै नभेटाएपछि २२ बर्शिय शस्त्र जवान वडालले रगत दिएर खातुनलाई खतराबाट बचाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here