हाल विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सक्रमितको संख्या बढ्दै जाँदा केहीको ज्यान समेत गएको अवस्थामा सरकारले दुइ साताका लागि लकडाउन थपेको छ । यो आगामी जेठ २० सम्म लागु हुने छ ।

मुस्लिम समुदायको रमजान पर्व चलिरहेको हुँदा अब केहि दिन भित्र ईद उल फित्र पर्व हुने भएका कारण ईद कसरी मनाउने बिषयलाई लिएर मुस्लिम आयोगका प्रेस विज्ञप्तिको माध्यम बाट सचेतना गरेको छ संयोजकत्वमा मुस्लिम धर्मगुरुहरु, मुस्लिम अगुवा,सांसद लगायत मुस्लिम संघसंस्थाहरुको उपस्थितिमा बैठक बसेको थियो । ईदउल फित्रको नमाज अाफनो घरमै पढ्न को लागि जनता समाजवादी पार्टी प्रदेश न.२ को मुस्लिम समिति सदस्य मो.अनवर हासमीको अपिल

लकडाउनको अवधि थप गरेका कारण मुस्लिम समुदाय जसरी रमजानमा गरिने इबादत (धार्मिक कार्य) घरमै गरिरहेका छन् त्यसरी नै ईद उल फित्रको नमाज मस्जिद र ईदगाहमा नपढेर आआफ्नो अक़ीदा अनुसार घरमा नमाज पढ्नका लागी जनता समाजवादी प्रदेश न.२ मुस्लिम कमिटी सदस्य मो.अनवर हासमीले अनुरोध गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here