रौतहट, जेठ ९ । बर्दीवाला गुन्डाको शैलीमा गुन्डागर्दी गरेको आरोप लगाउदै नेपाली काग्रेस रौतहटले घोर भत्सर्ना गरिदै कार्यवाहीको माग गरेको छ ।
पुर्ब मन्त्री महम्मद अफताब आलमको घरमा गए राति १२ः३० बाजेको समयमा ५० जना प्रहरीले ५ वटा जिप ,१ वटा एम्बुलेन्स लिई घरखानतलासी को नाउँमा सुतिरहेका बच्चा ,घरकी महिला समेतलाई दुव्र्यवहार गरि हवाई फायर गरेर गाउँलाई आतंकित बनएकोमा घटना प्रति ध्यानाकर्षण भएको पार्टी सभापति कृष्णा यादव द्वारा जारी बिज्ञाप्तीमा जनाएको छ ।
पुर्ब मन्त्री एब्म सान्सद आफताब आलमको राजपुर नगरपालिका वार्ड न ४ अवस्थित रहेको घरको ढोका तोडफोड , हातहतियार देखाउनु जस्ता कार्य गरेकोले कानुनी राज्यको धज्जी उडाएकोमा नेपाल सरकार सङ कार्यवाहीको माग गरेको छ ।
बिज्ञ्प्तिमा मानवअधिकारको गम्भीर हनन र स्वतन्त्र पुर्वक बाच्ने अधिकार समेतलाई कुन्ठित गरेकोमा राष्ट्रिय मानवअधिकार आयोग काठमाडौमा निवेदन दिएको जनाएको छ ।
कानुनी राज्यको सिद्धान्तलाई पालन गर्ने गराउने जस्ता जिम्मेवारी बोध भएको नेपाल प्रहरीले किन यस्तो गुन्डागर्दीको रूपमा प्रस्तुत भए ,नेपाली काग्रेस रौतहटले प्रश्न उठाएको छ ।
प्रहरीको विरुद्धमा स्थानीय गाउलेले राष्ट्रिय मानवअधिकारको कार्यालयमा उजुरी निवेदन दिएको बताइएको छ ।FacebookTwitterEmailShare

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here