नेपालका मुस्लिम धर्मावलम्बीहरूको सोमबार इद-उल फित्र मनाउने भएका छन्। शनिबार चांद नदेखिएकाले जेठ १२ गते सोमबार नेपालमा इद-उल फित्र मनाउने निर्णय भएको मुस्लिम आयोग अध्यक्ष समिम अन्सारीले जनाएको छ। 

चन्द्रमाको आधारमा इद मनाइने भएकाले शनिबार नेपालभरि चन्द्रमा नदेखिएकाले सरोकारवालाको सल्लाह तथा सुझाबमा जेठ १२ गते सोमबार इद मनाउने निर्णय भएको आयोगका अध्यक्ष समिम अन्सारीले बताएका छन्। 

इदुल फित्रका अवसरमा सरकारले यसअघि आइतबार जेठ ११ गते सार्वजनिक बिदा दिने घोषणा गरेपनि सोमबार इद मनाइने भएपछि सोमबार नै सार्वजनिक विदा दिनलाई मुस्लिम आयोगले सरकारलाई सिफारिस गरेको छ।

एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद-उल फित्र मनाउने गर्छन्। इद-उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन्।

सामान्य अवस्थामा इदको नमाज खुला मैदानमा पढिने र त्यो बिश्वमा भरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसको कारण आ आफनो दिन घर घरमा पुगेर एक अर्कालाई इदको शुभकामना दिने गरिन्छ। तर कोरोनाका कारण यसपटकको इदको नमाज घरमै पढ्नलाई मुस्लिम आयोगले आग्रह गरेको छ र देशभरका मुस्लिम समुदायहरु घरमै इदको नमाज पढेर सरकारको निर्णयलाई साथ दिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here