जनमत पार्टी , रौतहट का जिल्ला सचिव तथा राहत कालोबजारी रोकथाम समितिका जि॰ संयोजक : बिकास कुमार यादव ज्यू को पहलमा आज मिति : २०७७|०२|१२ गते सोमबार का दिन दुर्गाभगवति गाउँपालिका वडा नं ४ पचरूखी टोलमा स्थानीय सुखाडी बैठा ज्यूको अध्यक्षतामा १३ सदस्य संकटग्रस्त परिवार बचाउ संघर्ष समिति गठन भएका छन । लडाउनका कारण भोकमरीमा परेका परिवारहरूलाई राहत दिने भोकमरीबाट बनाउने उद्देश्यले प्रदेश २ सरकार द्वारा राहत दिने गरिएको निर्णय यत्रो दिन बितिसक्दा पनि दुर्गाभगवति गा॰पा वडा नं ४ पचरूखी टोलमा राहत वितरण नभएको उक्त राहतलाई छितो भन्दा छितो वितरण गराउका लागि संकटग्रस्त परिवार बचाउ संघर्ष समिति गठन गरेका छन् । यहि मिति : २०७७|०२|१७ गते का दिन इलाका प्रहरी कार्यालय गगांपिपरा मा ज्ञापन बुझाउने तथा बोधार्थ जिल्ला प्रशासन कार्यालय गौर मार्फत प्रदेश सरकार , ग्रहमन्त्रालय नेपाल सरकारका राहत वितरण अनुमान समितिलाई बोधार्थ गर्ने भनी संकटग्रस्त परिवार बचाउ संघर्ष समिति निर्माण गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here