रौतहट २२ जेष्ठ ।

रौतहट क्षेत्र नं. २ को क बाट निर्वाचित प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाले प्रदेश सभा विकास कोषको रकममा व्यापक अनियमितता गरेको स्थानियले आरोप लगाएका छन् । सिन्हाले आफ्नो क्षेत्रमा विकास गर्न प्रदेश सरकार बाट पाएको विकास रकम मापदण्ड विपरित आफ्नो खुसी खर्च गर्न लागेको स्थानिय नागेन्द्र साहले आरोप लगाएका छन् ।

उपभोक्ता समिति मार्फत योजना संचालन गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुको नाम र लागत विवरण सहितको होडिङ्ग बोर्ड योजना स्थलमा अनिवार्य राख्नु पर्ने प्रावधान रहेको भएपनि प्रदेश सभा सदस्य सिन्हाले संचालन गराएका कुनै पनि योजना स्थलमा सो किसिमको बोर्ड नपाएकोले योजनाको रेखदेखको जिम्मा पाएका जिल्ला प्राविधिक कार्यालय रौतहटका प्राविधिक तथा ईन्जिनयर लाई समेत कारवाहि गर्न स्थानियले मांग गरेका छन् ।

योजनाका प्राविधिकको प्रत्यक्ष संगलनतामा प्रदेशको बजेट व्यापक अनियमिता भई रहेको स्थानियले बताएका छन् । सिन्हाको योजना अन्र्तगत ईशनाथ नगरपालिकाको वडा नं.२ औरैयामा निर्माण भई रहेको धर्मशालामा राठ ईट्टा प्रयोग गरी लाखौंको भ्रष्टाचार भई रहदा पनि सम्बन्धित निकाय मौन रहेको स्थानिय पप्पु गिरीले बताएका छन् ।

विश्व कोरोना भाईरसको भुमरीमा फसेको मौका छोपी विधायक सिन्हाले गोप्य रुपमा योजनाहरुमा लाभ लिने मन्सायले रकम बाडफाड गरी आफ्नो घरमै बसी गोप्य ढंगबाट उपभोक्ता समिति गठन गरेकोले सो उपभोक्ता समिति खारेज गरी पारदर्शी ढंगबाट उपभोक्ता समिति गठन गराई योजना पुन संचालन गराउन स्थानिय शरद चन्द्र साहले मांग गरेका छन् ।

कमसल सामग्रीको प्रयोग गरी निर्माण भई रहेको सो धर्मशालामा दुर्भागयबस भोलीको दिनमा कुनै अप्रिय घटना घटि जिउधनको क्षति भएमा सो को सम्पूर्ण जिम्मेवारी विधायक सिन्हा र योजनाको देखरेखको जिम्मेवारी पाएका जिल्ला प्राविधिक कार्यालयका ईन्जिनयरले लिनु पर्ने स्थानिय रिंकु श्रीवास्तवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here