जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको वि.सं. २०७६ कार्तिक १७ गते आगमन भएलगत्तै बारा जिल्लामा एउटा छुट्टै उमङ्ग छाएको थियो। प्रनि प्रशान्त श्रेष्ठले आएलगत्तै पञ्चवर्षीय महागढीमाई मेलाको सुरक्षा व्यवस्थापनमा सकृय भूमिका खेलेकाले यस पाली कुनै पनि कठिनाइ नभएको स्थानीयले अझै पनि बताउँछन्। प्रनि प्रशान्त श्रेष्ठ फिल्डमा आफू पनि एक सिपाही जसरी खटेर आफ्नो टोलीको मनोबल बढाउने गरेका बारामा कार्यरत प्रहरी कर्मचारीहरू बताउँछन्।
जिप्रका बारामा कुनै पनि जटिल काम हुँदापर्दा प्रनि प्रशान्त श्रेष्ठलाई नै जिम्मा लगाइने गरेको पनि प्रहरी कर्मचारीहरू बताउँछन्। प्रनि प्रशान्त श्रेष्ठले शून्य सहनशीलता रही सिमा-नाकामा हुने गरेका तस्करीलाई निरन्तर रूपमा निरुत्साहित गरेका छन्। बारा जिल्लामा अवैध रूपमा सञ्चालित सयौँ भट्टी नष्ट गर्नमा पनि प्रनि प्रशान्त श्रेष्ठकै मूख्य भूमिका रहेको छ। क्राइम शाखाका प्रमुखको रूपमा काम गर्दा चोरीका गाडी पक्राउ गर्ने, जघन्य अपराधका फरार प्रतिवादी पक्राउ गर्ने, तस्करी रोक्नेमा प्रनि प्रशान्त श्रेष्ठको उल्लेखनीय भूमिका रहेको छ। जिप्रका बाराबाट प्रनि प्रशान्त श्रेष्ठ यस्तै अनेकन उल्लेखनीय कार्यहरू गरेकाले २ चोटी पुरस्कृत समेत भइसकेका छन्।
मिति २०७७/०२/०५ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि PCR गराउँदा पोजिटिव आएकाले मिति २०७७/०२/१२ देखि २०७७/०२/२१ गतेसम्म आइसोलेसनमा प्रनि प्रशान्त श्रेष्ठ बसेका थिए। २ ओटा रिपोर्ट नेगेटिव आएपछि मिति २०७७/०२/२२ गते उनी कार्यालय फर्केर थप १० दिनको सेल्फ आइसोलेसन रहेका थिए। मुद्दा फाँट खाली रहेका कारणले जिल्लाको जिम्मेवार र वरिष्ठ प्रनि भएकाले उनलाई बुझाउने तर्खर हुँदैछ। मिति २०७७/०२/३२ गते एउटा खबर पर्साका पत्रकारहरूले बिना आधार प्रकाशित गरी प्रनि प्रशान्तमाथि विभिन्न लाञ्छना लगाए। गत केही समयदेखि स्वास्थ्य समस्याका कारण निष्कृय रहेका प्रनि पुन: सकृय हुँदा आफुले चलखेल गर्न नपाइएला भनेर उनको नाम जोडी लाञ्छना लगाइएको छ। लेखिएको खबरमा न त केही ठोस आधार छ, न त केही प्रमाण। एक इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतमाथि गलत मनसाय राखी सस्तो लोकप्रियता कमाउने खोज्ने केही पत्रकार हुन्। यी हरु माथि प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाइसकेका छन्। चरित्र हत्या गर्न खोजेको पुष्टि भएमा कडाभन्दा कडा कारवाही हुनेछ। बाराका स्थानीय जनता, युवा र नेताहरूले यस्तो घृणित पीतपत्रकारिता निन्दनीय कार्य रहेकोले घोर भर्त्सना व्यक्त गरेका छन् र साथै पूरा छानबिन गरी दोषीलाई कारवाही जोडदार माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here