भारतको उत्तर प्रदेशको न्यायालय मुख्य न्यायिक मजिस्ट्रेट, बागपतले पक्राउ परेका २८ जना नेपाली मुस्लिमहरूलाई रिहाइ गरिदिएको छ ।

लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका २८ जना नेपालीहरूलाई अदाललते धरौटीमा रिहाइ गरिदिएको हो ।

भारतमा २८ जना नेपाली मुस्लिमहरू पक्राउ परेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रिहाइका लागि पहल गरेका थिए ।

अध्यक्ष अन्सारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पक्राउ परेका नेपाली मुस्लिमहरूको रिहाइका लागि विशेष पहल गरेका थिए ।

रिहाइ भएका सबै नेपालीहरू वीरगञ्जतर्फ प्रस्थान गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here