असार १९ गते । रौतहटको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले उप-मेयर अन्शु सिह माथि लगाएको आरोप प्रमाण सहित उप-मेयर सिंहले खारेज गरेको छ ।
उपमेयर सिंह आज शुक्रबार दिउँसो आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर सिंह विकास प्रेमी न भइ विनास प्रेमी रहेको प्रति घोर आपत्ति रहेको बताईकी छिन ।
असार १० गते भित्रमा कार्यपालिकाको परिषद सम्पन भइ सक्नु पर्नेमा आज सम्म परिषद न हुनु मेयर दोषी रहेको आरोप लगाएकी छिन ।
नगरपालिकाको प्रत्येक महिनाको १६ गते बस्ने बैठकमा कार्यपालिकाका सदस्यहरु कार्यलयमा पुग्दा मेयर अनुपस्थित रहेको र निमित्त प्रशासकिय अधिकृत कार्यालयमा रहेको अवस्थामा बैठक कक्ष खोलिदिन आग्रह गरेको उपमेयर सिंह बताउछिन् ।
प्रशासकीय अधिकृत संजय पान्डेले मेयरको कार्यकक्षमा बस्न भनेपछि ताल्चा खोल्न आग्रह गरेको तर त्यसको केही समयमै साचो हराएको जवाफ पाएपछि नगरकै वार्ड न.७ का अध्यक्ष संन्जय कुमार यादवले मेयर धिरेन्द्र सिंह संग ताल्चा खोलिदिन आग्रह गरेको कलरेकर्ड समेत सुरक्षीत रहेको उपमेयर सिंह सार्बजनिक गरेकी छिन ।
मेयर जस्तो गरिमामय पदलाई दुरुपयोग गरिदै हिडेका धिरेन्द्र सिंहले उपमेयर, वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्य माथि गम्भीर आरोप लगाएकोमा यसै पत्रकार सम्मेलनमार्फत घोर भत्सर्ना गर्द्छु भनी उपमेयर सिंह प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।
मेयर र प्रशाकिय अधिकृतको मिलोमतोमा शिक्षा जस्तो कार्यमा जालसाजी पुर्ण तरिकाले माईनुटबुक बनाएर ब्रहम्लुट मच्चाउन खोजेको पर्दाफास गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा मेयरका प्रत्यासी भिखारी राय यादव , रामेश्वर राय यादव र कार्यपालिकाका बहुमत सदस्यहरुको उपस्तिथि रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here