१९ असार । डा. सीके राउत नेतृत्वको जनमत पार्टी रौतहटमा शुक्रवार सदर मुकाम गौरमा विरोध प्रदर्शनसहित पुतला दहन गरिएको छ ।
स्थानीय बिकास यादवले गौरको बि पी बाट निकालिएको विरोध जुलुस गौर नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चाच फरम गुड र टारसफर चौकमा पुगेर प्रहरीले दमन गरे ता पनि रौतहट जनमत विरोध प्रदर्शनमा लगतार नराबाजि गरे विभेदकारी नागरिकता विधेयक खारीज गर, अधिकार खोस्न पाईदैन, मधेशी एकता जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाईदैन, मधेशी सहिद जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।
विरोधसभा अघि जनमत पार्टीका नेता तथा समर्थकहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । प्रहरीले पुतला दहन गर्ने क्रममा सामान्य अवरोध पुर्याएका थिए । पार्टीका केन्द्रिय सदस्य ललित मलिक सानु मधेशीले मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको आरोप लगाएका छन् । विदेशी महिलासँग नेपालीले विहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने गरी ल्याएको विधेयक विभेदकारी रहेको उनले बताए ।
कोरोना भाइरसको समयमा मधेशी जनतालाई सडकमा उत्रिन सरकारले बाध्य पारेको जनमत पार्टी रौतहटका इन्चार्ज तथा वरिष्ठ नेतृत्व सचिव बिकास यादवले बताए । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष र रौतहटको प्रेेेस संंयोजक समेेत नागरिकता विधेयक विभेदकारी रहेको भन्दै यसलाई सच्याउन माग गरे ।
जनमत पार्टी रौतहटका संयोजक बिरेन्द्रको अध्यक्षतामा जनमत पार्टीका सय नेता तथा कार्यक्रताहरुले नगरिकता विधेयकको विरुद्धमा आ–आफनो धारणा राखेका छन् । विरोध सभाको सञ्चालन बिकास यादव तथा ललित मलिक सानुले स्वागत मन्तव्य गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here