रौतहट ३१ असार ।
पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको समन्वय मा रौतहटका सुरक्षा निकाय तथा केही स्थानियतह लाई स्वास्थ्य सामाग्री प्रदान गरीएको छ ।
बुधवार गौरमा सो सामाग्रीहरु संसदको बिकास तथा प्रबिधी सभापती कल्याणी खड्काले हस्तान्तरण गरेकी छिन ।रौतहटमा कोरोना का कारण बढी जोखिममा रहेकाले बरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोग मा सामाग्री सहयोग गरिएको सभापती खड्काले बताइन । 

गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाहरु प्रत्येक नपा लाइ एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पुर्व सासद राम कुमार भट्टराइले जानकारी दिएका छन ।

यस्तै रौतहट काठमाण्डौ सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरी लाई पानी र बाढीमा गस्ती गर्न सहज होस भन्ने उदेश्यले पानी मा लगाउने बुट २८ थान , सन्तपुरमा रहेको सशस्त्र प्रहरी लाई १३ थान बुट सहयोग गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नेकपाका नेताहरु शम्भु साह, लक्ष्मण रेग्मी,चन्देश्वर राउत लगाएत का नेताहरु सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here