HomeNot categorizedनेता मल्लिक ले गरे क्षतिपूर्ति सहित ईन्जिनियर गोइतको सालिक निर्माणको मांग_ललित मलिक...
नेता मल्लिक ले गरे क्षतिपूर्ति सहित ईन्जिनियर गोइतको सालिक निर्माणको मांग_ललित मलिक सानु
894
मेलम्ची खानेपानी आयोजनामा सुरुङ्ग परिक्षणको क्रममा भएको दुर्घटनामा मंगलबार बगाएर मृत्युु भएका धनुषा निवासी युवा ईन्जिनियर सतिश कुमार गोईतको मृत्यु प्रति जनमत पार्टी मधेश नेतृत्व पुञ्ज का केन्द्रीय संयोजक ललित मल्लिक शानूले वक्तव्य जारी गरी सोक प्रकट गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित मेलम्ची खानेपानी आयोजनाको कार्यालय प्राङ्गणमा इन्जिनियर गोईतको सालिक निर्माण र उक्त आयोजनामा परिवारको एक जनालाई जागिर को माग गरेका छन् ।
नेता मल्लिक ले समाजिक सञ्जाल मार्फत जारी गरेको वक्तव्य यस प्रकार छ :
मेलम्ची खानेपानी आयोजनामा सुरुङ्ग परिक्षणको क्रममा भएको दुर्घटनामा मृत्युु भएका धनुषा निवासी युवा ईन्जिनियर सतिश कुमार गोईतको दु:खद निधन ले स्तब्ध बनाएको छ । मृत्तक ईन्जिनियर गोईत प्रती हार्दिक श्रद्धाञ्जली एवं मृत्तक परिवारलाई शोकको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् कामना ।
साथै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित मेलम्ची खानेपानी आयोजनाको कार्यालय प्राङ्गणमा स्व. इन्जिनियर गोईतको सालिक निर्माण र उक्त आयोजनामा परिवारको एक जनालाई जागिर को माग गर्दछु ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउँदो निर्वाचनमा पाँच दलीय गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छ्न्।