रौतहटको गुरुडा नगरपालिकाको वडा नम्बर सात पिपरियामा सयकडौको संख्यामा युवाहरू डाक्टर सिके राउत नेतृत्वमा रहेको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टी मधेस नेतृत्व पुञ्जको केन्द्रीय संयोजक ललित मल्लिक शानू को प्रमुख आतिथ्यमा र जनमत पार्टी रौतहटको सचिव बिकास यादवको विषेश आतिथ्यमा आयोजित कार्यक्रममा मनजिव पटेल, महादेव साह निकलेश यादव लगायतका युवाहरूको नेतृत्वमा जनमत पार्टीको सदस्यता लिइ युवाहरू कार्यक्रम आयोजन गरी पार्टी प्रवेश गरेका छन् । उक्त कार्यक्रममा मनजिव पटेल अध्यक्षतामा युवा जनमत संघ टोल एकाइ कमिटी र रंजित पटेल को संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । उक्त कार्यक्रममा जनमत पार्टी गुरुडा नगर अध्यक्ष बसन्त साह नेताहरु रामलाल यादव श्याम यादव लगायतका नेताहरुको सहभागिता थियो । कार्यक्रममा नेता मल्लिकले मधेस मुक्तिको लागि जनमत पार्टीको विकल्प नरहेको र जनमत पार्टीले सामुदायिक स्वराजको स्थापना गर्ने बताएका थिए सचिव बिकास यादवले जानकारी गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here