मो.मजिबुलाह श्रावण ६ रौतहट _रौतहट विपी कोइरालाको ३८ औं स्मृति दिवस, नेपाली काँग्ररेस रौतहटले वृक्षारोपण गरेर मनाएको छ । कोइरालाको स्मृति दिवस पारेर गौर नगपालिकाको बस पार्कको क्षेत्रमा वृक्षारोपण गरेको हो ।
नेपाली काँग्रेस रौतहटको आयोजना तथा नेपाली काँग्रेस सभापति,कृषणा यादव,क्षेत्र न.का सांसद जितेन्द्र यादव,गौर नगरपालिकाका प्रतियासी मेयर मोहन कुमार यादव नगर कार्यसमितिको सह–आयोजनामा निर्माणाधिन गौर बस पार्कको क्षेत्रमा २०० सय विरुवा रोपिएको नेपाली काँग्रेस रौतहटका सभापति कृषणा यादवले जानकारी दिएको छ ।

गौर बस पार्कलाई समेत शोभायमान बनाउने उद्देश्यले पार्कको क्षेत्रमा शिरीष अमला इपिल, सिसौं बकाइनो लगायतका विरुवा साथै बिभीन्न लगायतका फलफुल र पिपुलका विरुवाहरु रोपिएको गौर नगरपालिकाका प्रतियासी मेयर मोहन यादवले जानकारी दिए ।वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस रौतहटका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here