काठमाडौं । हिन्दू नारीको प्रमुख पर्व तीजलाई लक्षित गरेर नयाँ गीत बजारमा आउने क्रम बढेको छ । यही मेलोमा गायिका सेलिना कुँवरले नयाँ गीत सार्वजनिक गरेकी छन ।

उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीजको भिडियो सार्वजनिक भएको छ। युटुबबाट सार्वजनिक गरिएको गीतमा चर्चित कलाकार अञ्जली अधिकारीले मोडलिङ्ग गरेकी छन ।

गीतको गायन र शब्द रचना युवा पुस्ताले रुचाउने खालको छ । गीतका शब्द रचना अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेका हुन । गायतक समेत रहेका रचनाकार पौडेलको केही समय पहिले ‘मेरा काला दारी’ गीत बजारमा आएको थियो ।

भिडियो निर्देशन सन्तोष राजबाहकले गरेका हुन । क्यामेराम्यान ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेको भिडियोमा साजसज्जा अनिताले गरेकी हुन 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here