साउन २५ बीरगञ्ज । निजी अस्पतालले उपचार गर्न नमानेर २० बर्षे युवतीको मृत्यु भए पछि त्यसको बिरोधमा युवतीका आफन्तजन र सर्वसाधारणले नारायणी अस्पताल वीरगञ्जमा तोडफोड गरेका छन् ।

निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले आज बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म अस्पताल भित्रका गाडी तथा गमलाहरु तोडफोड गरेका हुन्।

नारायणी अस्पतालको अर्को भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला पार्किङमा राखेको गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारमा डा‍. उदय नारायण सिंहको ना १२ च ५९६६ नम्बरको गाडीको सिसा फुटेको छ भने अन्य गाडीमा समेत क्षति भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।

नारायणी अस्पतालमा सामान्य सेवा सुचारु बन्द भएकाले निजी अस्पतालले समेत भर्ना गर्न नमानेको कारणले अकालमै बिरामीले ज्यान गुमाउनु परेको भन्दै उनीहरु आक्रोसमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here