रौतहट, २६ साउन । रौतहटमा आज कोविड १९ कोरोना संक्रमण का १५ नया संक्रमित थपिएका छन । गौरका विभिन्न वडाका १५ जनामा आज संक्रमण देखिएको हो ।

आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढी गौर नगरपालिका वडा नं. ५ का स्थानिय रहेका छन र कुल १५ मध्ये ७ जना वडा नं. ५ का स्थानिय हुन भने खानेपानी सँस्थानका ४ जना कर्मचारीमा पनि संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर ९ सिसवाका २ जना पुरुषमा पनि संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।

एकै दिन ठूलो सँख्यामा समुदायका व्यक्तिहरुमा संक्रमण देखिए पछि गौरमा त्राश थपिएको छ । रौतहटमा समुदाय स्तरमा संक्रमण फैलिए पछि साउन २४ देखी ३२ गते सम्मको लागी स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हाल रौतहटको २ आइसोलेसनमा १४ जना संक्रमित उपचारको क्रममा रहेका छन । आज संक्रमित भएकाहरुलाई गरुडाको विर्तामा रहेको नेपाल प्रहरीको विद्यालय र चन्द्रपुरको शहिद पार्कमा निर्माण भएको आइसोलेसनमा राखिने भएको छ ।

संक्रमित भेटिएका सबैका कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । रौतहटको आइसोलेसनबाट १ हजार ३ सय २३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here