रौतहट २९ साउन ।
रौतहटमा कोरोना भाइरस समुदायस्तरमा फैलिपछि रौतहटमा नै पिसिआर ल्याब स्थापनाको तयारी गरिएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौर अस्पतालमा कोरोना परिक्षणका लागी पिसिआर ल्याब स्थापना गर्न आवश्यक पुर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । रौतहटमा नागरिकहरुले एक घर एक पिसिआर परिक्षण गर्नु पर्ने माग गर्न थालेपछि गौरमा पिसिआर ल्याब परिक्षण स्थापनामा जिल्ला सुरक्षा समिति जुटेका छन । विहिबार नै बसेको सोही बैठकले रौतहटको देवाही गोनाही नगरपालिका वडा नंं ९ स्थित धरहरीमा रहेको जय किशान पोलिटेक्निक इन्स्टिच्युटको भवनमा ३०० वेड क्षमताको आईसोलेसन सेन्टर निर्माण गर्ने समेत निर्णय गरेको छ । सो आइसोलेसन भने तत्काल सञ्चालनमा ल्याउने प्रमुख जिल्ला अधिकारीि इन्द्रदेव यादवले जानाकरी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here