रौतहट: जनता समाजबादि पार्टीका रौतहट जिल्ला अध्यक्ष एव गौर नगरपलिका वडा न. -६ का वडा अध्यक्ष शेख जमसैदले क्षेत्र न दुई को जनप्रतिनिधिलाई क्षेत्रको बिकास र जनताको समस्या प्रती गम्भीर हुन आग्रह गरेका छन।
बुधबार ज्यामियत क्रीकेट क्लब बैरियाको आयोजनामा आज देखि सुरु क्रीकेट टुर्नामेन्टको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एव क्षेत्र न एकमा पर्ने गौर नगरपालिकाको प्रबक्ता समेत रहेको नेता जमसेदले क्षेत्र न दुइको सडक संजालमा सुधार आजको मुख्य आवश्यकता रहेको बताए ।सडक सन्जाल सुधार नहुँदाको पीडा जनतालाइ कति छ आफुले मनन गरेको बताए ।पन्चायती ब्यब्स्था हुँदै राजतन्त्र ,प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्र अनि गाउँ -गाउँमा सिहदरबारको प्रत्याभुती दिलाउन स्थानीय चुनाब भएको र अहिले सम्म नेताहरु जनताको भोटले मन्त्री ,सभासद देखि मेयर र वडा अध्यक्ष भएर पनि केही नगरेको उहाँको गुनासो थियो।जनताले धेरैलाई ठूलो पदमा पुर्याए तर सडक सन्जाल सहित शिक्षा, स्वास्थ क्षेत्रमा सुधार हुन सकेन यो निकै दुख:द बिसय भएको उहाँको तर्क थियो ।टुर्नामेण्ट गर्न ब्यक्तिगत रुपमा नगद आर्थिक सहयोग समेत गरेका नेता जमसेदले रौतहट क्षेत्र न दुइको जनताको सेवाको लागि आफू अहोरात्र खट्न तयार रहेको बताए ।नेता जमसेदले क्षेत्र न दुइका जनता धेरै इमन्दार छ ,धेरैलाई मन्त्री ,मेयर ,प्रदेश सान्सद बनाए तर उहाँहरुले बिकास पाएनन नत कोहि नेता जनताको दुखमा ठाडो तन मन र धनका साथ उत्रीए अब तनाब नलिनु म क्षेत्र न एकको त होइन तर पनि पार्टी क्षेत्र र धर्म केही नहेरि एक चोटि याद गर्नुस म हजुरको साथ र समर्थन दिन तयार रहेको प्रतिबद्धता जाहेर गरे।टुर्नामेन्ट उदघाटन सत्रमा विभिन्न टिमका खेलाडी स्थानीय बुद्धिजिबिको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here