बारा,भाद्र २६ गते ।कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको छ ।कलैया सिटि जेसिसको आयोजनामा कलैयामा हिजो देखि चुल्हो बाल्ने अभियानको शुभारम्भ भाएको हो ।
उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न , गरिब , असहाय घरपरिवारलाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ।
कलैया सिटि जेसिस सन २०२० का अध्यछ विपिन चौधरीको अध्यछतामा भएको उक्त कार्यक्रममा ३० जना अति विपन्न , गरिब , असहाय घरपरिवारलाई चामल १० किलो , दाल १ किलो, सोयाबिन आधा किलो , नुन १ किलो , खाने तेल १ पाकेट , सलाई १ पाकेट वितरण गरिएको थियो।
उक्त कार्यक्रममा शाखा का अध्यक्ष जेसी विपिन चौधरी, नी.अध्यक्ष राजेश कुशवाहा, महासचिव जेसी शम्भु कुमार गुप्ता, पूर्व अध्यक्ष जेसी धनिलाल सर्राफ , यस्तै जेसिहरु राजेश प्रसाद कुशवाहा , पवन कुशवाहा , अनिल कुशवाहा , बैजु दास , सावित्री शर्मा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजक जेसी पवन कुशवाहाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here