रौतहट ३० भदौ। रौतहट जिल्लाको सदरमुकाम गौरमा चट्याङले हानेर एक घर ध्वस्त भएको छ।
गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी ईन्दु देवीको घर चट्याङले हानेर ध्वस्त भएको हो। आज बिहान वर्षा, हावा सङ्गै आएको चट्याङले हानेर बिहान करिब आठ बजे खपडाले छाएको घर पुर्ण रुपले ध्यवस्त बनाई दिएको पीडितले बताएका छन् ।तीन वटा पलङ्ग, ३ वटा चौकी ,२ वटा लुगा कपडा राख्ने ट्रङ्क र एउटा काठको बक्सा ,२ वटा फैन / कुर्सी/टेबुल तथा खाद्यान्न समाग्री चामल,आटा समेत चट्याङकै कारण नष्ट भएको पिडित घर धनिले जानकारी गराए।गौर प्रहरीले स्थलगत मुचुल्का उठाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here