१ असोज _ लामो समयदेखि प्रतिक्षारत रेल भोली जनकपुर आइपुग्ने भएको छ ।भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि मध्याह्न १२ बजेसम्म आइपुग्ने रेल विभागले जनाएको छ । रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई स्वागतकालागि महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आउँदैछन् ।भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको रेल जनकपुर आइपुग्न आइपुग्न ४ घण्टा समय लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here