रौतहट, असोज ३ । नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ। नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो। राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन्। केही राजनीतिक दलले वहिष्कार पनि गरेका थिए। पछि संविधान संशोधन भएपछि असन्तुष्ट पक्षले पनि भाग लिएर स्वीकार गरेका हुन्।संविधान जारी भएको विरोधमा जनता समाजवादी पार्टीको जिल्ला कार्य समिति धर्मेनद्र पटेल रौतहटको सदरमुकाम गौरमा विरोध जनाएको छ। जनआन्दोलन, जनविद्रोह, एतिहासिक मधेश विद्रोह लगाएतका आन्दोलनका समयमा सरकारसंग भएका सम्झैताहरु मागअनुसार पुरा नभएकाले जनता समाजवादी पार्टी कार्यालय रौतहटले हाथमा कालो झण्डा बोकि प्रदर्शन गरि विरोध जनाएको हो ।अधुरो, अपुरो एंव त्रुटीपूर्ण संविधानले मधेशी,मुस्लिम, आदिवासी, जनजाती, दलित, महिला लगाएत अल्पसंख्यक समुदायका माग पुरा गर्न नसेकोले संविधान दिवसलाई आजका दिन कालो दिनका रुपमा मनाउदै विरोध जनाएको जिल्लाका अध्यक्ष धिरेन्द्र पटेलले जानकारी दिए। संविधानमा संघियता, समावेशि लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगाएत प्रावधानहरु अधुरो र अपूर्ण रहेकाले संविधान दिवसमा भाग नलिने प्रदेश कमिटी सदस्य सियाम बिहारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here