रौतहट, असोज ८ गते । अविरल वर्षा सँगै बुधवार राति झाँझ नदीमा आएको बढीले रौतहटको जयनगरमा बाटो कटान सुरु गरेको छ ।गएको दुई दिनदेखी भइरहेको वर्षाले झाँझ नदीमा आएको बाढीले जयनगर स्थित रहेको झाँझ नदीको पुलसँग जोडिएको सडक कटान गर्न शुरु गरेको छ ।झाँझ नदीमा आएको बढीले जिल्लाको गरुडा नगरपालिका १ जयनगरमा रहेको झाँझ नदीको पुलको पच्छिम तिर छेउमै बाटो कटान सुरु गरेको छ ।बाढीले उक्त पुलको छेउको सडकको ९० प्रतिशत भाग कटान गरिसकेको र अब एक देखि डेर मीटरसम्म मात्रै बाटो कटान गर्न बाँकी रहेको देखिएको छ ।
बढीले कटान गर्न बाँकी रहेको उक्त डेर मीटर सडक कटान गरे उक्त सडक नै अवरुद्ध हुने छ ।दैनिक माधोपुर, विसुनपूर्वा मानपुर, सिंगर्मन् धरमपुर, जयनगर सहित दर्जनौं गाउँका हजारौं बासिन्दाहरु जयनगरको उक्त झाँझ पुलको बाटो भएर नै आवत जावत गर्ने गर्दछन ।सम्बन्धित निकायले तत्काल उक्त कटान लाई नियन्त्रण गर्न सकेन भने बढीले उक्त सडक पूर्ण रूपमा कटान गरेपछि दर्जनौं गाउँका बासिन्दाहरुलाई आवत जावत गर्न ठूलो कठिनाई हुने निश्चित रहेको छ ।पुलको पारी पूर्व पटी समेत दर्जनौं घर परिवार बसोबास गरेका छन् । बाटो कटान हुँदा पुलको पारी बस्ने ति बासिन्दाहरुको समेत आवत जावत बन्द हुने छ ।
सम्बन्धित निकायले कटान भई अवरुद्ध हुन् लागेको उक्त बाटोलाई समयमै नियन्त्रणमा लिनेतिर ध्यान दिनु जरुरी रहेको देखिएको छ ।यता गरुडा नगरपालिकाका मेयर इनु राय यादवले उक्त सडक कटानलाई नियन्त्रणमा लिने तयारी गरेको बताउनुभएको छ ।तत्कालको लागि बोरामा ढुंगा हालेर उक्त सडक कटानलाई नियन्त्रणमा लिने तयारी गरिरहेको मेयर यादवले बताउनुभयो ।यसैविच दुई दिन देखी लगातार भइरहेको वर्षाले जिल्लाका बागमति, लालबकैया, झाँझ लगाएतका नदीहरुमा पानीको जलस्तर बढदै गएको छ ।नदीहरुमा पानीको बहाव बढदै जाँदा नदीको आसपासमा बसोबास गर्नेहरु त्रसित बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here