असोज १५ गते
रौतहटको गुजरा नगरपालिका कि उपमेयर नुर जहाँ खातुन टेम्पु चढेर नै कार्यालय ओहोरदोहोर गर्ने गरेकी छिन् ।
गाडीको अभावमा नगरको उप मेयर जस्तो गरिमामय पदमा बसेर पनि खातुनले सर्वसाधारण जस्तो टेम्पुमा नै बसेर कार्यालय आउने गरेकी छिन् ।
गुजरा नगरपालिका कि उपमेयर खातुनले आफ्ना घरबाट करिब १० किलोमिटर टाढा रहेको नगरपालिकाको कार्यालयमा आउने  जाने गर्न बाध्य रहेकी छिन् ।
नगरपालिकाले गाडी उपलब्ध नगराएको ले आफूले बाध्य भई टेम्पु बाट नै कार्यालय ओहोरदोहोर गर्ने गरेको उनले बताइन् ।नगरपालिकाले गाडी नदिएपनि जनतालाई सेवा दिन आफूले टेम्पु चढेर कार्यालय पुग्ने गरेको उनले बताइन् ।
नगरपालिकामा तीनवटा गाडी रहेको भए पनि मेयर सन्तलाल चौधरीले आफूलाई चढ्न गाडी नदिएको उपमेयर खातुनले आरोप लगाएकी छिन् ।
यता नगरपालिकाका मेयर सन्तलाल चौधरीले उपमेयर खातुनले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन ।आफूले उपमेयर खातुनलाई गाडी दिन तयार रहे पनि उनले आफ्नै इच्छाले गाडी चढ्न इन्कार गर्दै आएको मेयर चौधरीले बताएका हुन ।
उपमेयर खातुनले गाडी पनि चढ्ने र गाडी नपाएका कार्यपालिका सदस्यहरूले गाडी वापत पाउने सेवा सुविधा समेत आफूले पाउनुपर्ने अडान लिएको मेयर चौधरीले बताए ।गाडी वा गाडी वापत पाउने सेवा सुविधा मध्ये कुनै एउटा मात्रै दिन मिल्ने बताएपछि उपमेयर खातुनले आफूले दुईटै सेवा सुविधा पाउनुपर्ने अडान राख्दै गाडी समेत प्रयोग गर्न नमानेको र उल्टै दोष आफूमाथि लगाउँदै हिँडेको मेयर चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here