असोज १६ : रौतहटमा दिनहुँ झैं हत्या हिँसाका घटनाहरु हुँदै आएको छ । सोही क्रममा आज पुन: एक युवतिको हत्या गरिएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं ४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ वर्ष युवतीको हत्या भएको हो ।जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी सँझा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् ।
बिहान १० बजे तिर घाँस काटन गएकी साँझा साँफ सम्म न फर्केपछि उनकी खाजि गर्दै जाँदा उनि मृत अवस्थामा नजिकैको उँखुबारीमा फेला परेको स्थानिय वासिन्दा बताएका छन् ।
युवतिलाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । उनको शव नग्न अवस्थामा भेटाएको प्रहरीले जनाएको छ ।अरू कुरा आउन बाकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here