रौतहट- बृन्दावन नगरपालिका कार्यालय विश्रामपुर,रौतहटका मेयर रामस्नेही राय यादवले १४ वर्षीया सन्जा कुमारीको बलात्कार पछि हत्या भएकोे बताएका छन् ।वडानम्बर ४ स्थित हरैया पल्टुवामा १४ वर्षीया सन्जा कुमारी शुक्रबार सांझ मृत अवस्थामा भेटिएकी थिईन् ।वडा नम्बर १ बस्ने स्थानिय सिताराम साह कानुको १४ वर्षिया छोरी मामा घरमा बस्दै आएकी र शुक्रबार बिहान अन्दाजी १० बजेको समयमा घाँस काटन गएर घर नआएपछि खोजी सुरु भएको थियो ।सोही क्रममा घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी उपर कडा कारवाही गरिने प्रहरी प्रमुख सिद्धि बिक्रम सहाले बताए ।घर नजिकैको उँखुबारीमा सन्जालाई मृत अवस्थामा भेटिएपछि अवस्था अनुसार सन्जाको बलात्कार पछि हत्यानै भएको उल्लेख गर्दै यस घटनाले पिडित बनाएको र वास्तवीक सम्म पुगेरै छाड्ने मेयर रामस्नेहीले बताए ।

मेयर रामस्नेहीलले जानकारी दिए अनुसार शुक्रबार घाँस काट्न गएको अबोध नगरको छोरीको शबलाई करिब १२ ,१३ १ घण्टापछि शव उठाइएको छ भने यस्तो अपराध गर्ने स्थानिय नै हुन सक्ने बताए ।

लाल खबरसंगको कुराकानीमा उनले बलात्कारपछि हत्या गर्ने दोषीलाई खोज्न र कानुनी कारवाही गराउन आफु पछि नहट्ने र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको विशेष तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको जानकारी दिए ।

जिवन गुमाएकी छोरी फर्काउन नसकेपनि दोषीलाई कानुनी पञ्जामा ल्याएर पिडितले न्याय नपाए सम्म चुप नलाग्ने मेयर रामस्नेहीले प्रष्ट पारे ।

१४ वर्षीया सन्जाकोे हत्या कसले गर्यो न खुलेको अवस्था रहेसंगै अनुसन्धानको लागि केही व्यक्तीलाई नियन्त्रनमा लिएको बताउदै अपराध गर्ने जतिनै चलाख बनेपनि अपराधीलाई कडा सजाय गराएरै छाड्ने विश्वास दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here