असाेज २१ : रौतहटको नदिमा माछा मार्ने क्रममा डुबेर नाबालककाे मृत्यु भएको छ । आज दिउँसो जिल्ला रौतहट ईशनाथ न.पा.५ लक्ष्मिनिया घर भई विगत २ वर्ष देखि राजपुर नगरपालिका वडा नं.२ दिगाटोल स्थित फुपु,फुवा घरमा बस्दै आएको शेख जमिल अखतरको छोरा अन्दाजी बर्ष १४ को शेख फयाज अालम राजपुर न.पा.२ स्थित रहेको कामदेई नदीमा माछा मार्ने क्रममा डुवे र मृत्यु भएको छ । यसकाे सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय राजपुर बाट प्रहरी नायब निरिक्षकको कमाण्डमा ७ जनाको टोली र ई.प्र.का.गरुडाबाट प्रहरी निरिक्षकको सहितको कमाण्डमा गएको मुचुल्का टोली खटि गई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here