असोज २८ / रौतहट जिल्लाको गरूडा नगरपालिकाले आफ्नो प्रत्येक नगरबासीहरूको लागि जिल्लामा फरक ढंगले स्वास्थ्य क्षेत्रको व्यवस्थापन कार्यमा तिब्रता दिएको छ ।

नगरका प्रमुख जिल्लाकै ईन्नु राय यादवले आफ्नो नगरको सबै वडामा वडास्तरीय आधारभूत स्वस्थ्य केन्द्रको स्थापना गराई धमाधम विकासको क्षेत्रमा बेग्लै पहिचान बनाउन र जनसमुदायको समस्यालाई समाधान तिर लागेका छन ।

मानव जीवनको हरेक समय काम लाग्ने अमुल्य सम्पत्ति रूपमा अस्पताल हुन्छ तर विगतको दिनमा सामान्य घाउ, चोटपटकको उपचार गराउन घन्टौं घन्टा सम्मको लामो दूरी यात्रा गरि ठूला बडा अस्पतालमा जान्न बाध्य बन्दै आएको थियो तर स्थानीय तहको निर्वाचन हुने लगत्तै हाम्राे समाजको कल्याण होस् सोचले मेयर ईन्नु राय यादवले जग्गा नभएको ठाउँमा जग्गा खरिद गरि नयाँ भौतिक संरचनाको साथसाथै निर्माण कार्यमा दिनरात लागेर आजको दिनमा सो नगरको जनताले गाउँ टोलमै विभिन्न रोगको समस्याबाट ग्रसित भएपनि सजिलोसँग उपचार गराउन सकिरहेको छ ।
मेयर यादवले वडा नं ८ बस्बिटी जिङडि टोलमा स्वास्थ चौकी ,वडानं.६ पोठीयाहीमा स्वास्थ ब्रथिनसेन्ट,वडा नं.६ मै स्वास्थ चौकी .र गरूडा नगरपालिका वडा नं.७ मा स्वास्थय चौकी एक कार्यक्रम बिच अहिलेको परिवेशमा काम लाग्ने प्राविधिक सामाग्री सहितको नयाँ आधारभूत स्वास्थ्य केन्द्र संचालन उद्घाटन गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here