जसपा रौतहटको प्रभावशाली युवा नेता ओम लोक पटेलले खेलकुदले देशको बिकास र पहिचानमा ठुलो भुमिका खेल्ने बताएका छन।
https://www.facebook.com/pg/Rautahat-express-news-100896701287014/community/रौतहटको परोहा नगरपालिका -८ नरकटियामा मंगलबार जन समर्पित तथा ग्रामीण बिकास संस्था नेपाल द्वारा आयोजना गरिएको नरकटिया प्रीमियर लिग (NPL) को उद्घाटन गर्दै नेता पटेलले सो कुरा बताएका हुन।कुनै पनि मानिस स्वस्थ भए मात्रै विभिन्न कामकाजमा खट्न सक्ने लायक हुन्छ सो कुरा खेलकुद बाट मात्रै सम्भव छ र खेलकुदमा राम्रो प्रतिस्पर्धा गरेर जिते देशको नाम र पहिचान बिश्वमा चलाउन सकिने हुनाले देशमा बिकास निर्माण र पहिचानको लागि खेलकुदले ठूलो भुमिका हुने नेता पटेलले बताए । उद्घाटन सत्रमा परोहा न पा १ जिङड्वा र परोहा न पा ९ रामपुर खाप बिच प्रतिस्पर्धा भएको थियोे ।पहिलो चरणको खेलमा टस जित्दै जिङड्वा टिमले ६६ रन प्राप्त गरेको थियो भने रामपुर खापले आफ्नो सम्पुर्ण विकेट नोक्सान गर्दै ४७ रन हासिल गरि पराजित भएको थियो। दुबै टिमलाई पटेलले हार्दिक बधाई दिदै अझ उत्कृस्ट प्रदर्शन गर्न सुझाब दिए।