कात्तिक ९_ समाजिक सञ्जालमा लाइव र फोटो शेयर मार्फत ट्रेन्डमा रहने हज समितिको अध्यक्ष एवं उहाँको टीमको खूब प्रशंसा हुन्थ्यो । खानपिन र होटलको राम्रो व्यवस्थापनको मामलामा इतिहास रचेको अध्यक्ष समसेर मियाँ र उहाँको टिमको दावी थियो ।
इतिहासमा प्रथम पटक यति ईमानदारीका साथ कड़ा मेहनत का साथ,२४औं घण्टा हाजीहरुको सेवामा उपलब्ध रहने भनि अध्यक्ष समसेर मिया र मियाँको टीमले सामाजिक सञ्जालमा खूब वाहवाही लुटेका थिए ।

तर त्यही विचमा पत्रकार समेलनले त्यति बेला हज समितिले अचानक पांच हजार खर्च बढाएको बिषयलाई समाज सामु पटक पटक विचार र लेख मार्फत साझा गर्दै आएका थिए ।

मंसिर ८ गते वर्तमान हज समितिको अध्यक्ष मिया माथि अधिकार दुरुपयोग तथा आर्थिक अनियमिता गरेको भन्दै हज समितिका ११ जना सदस्यहरुले गृहमंत्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्र मा अध्यक्ष समसेर मियालाई पद बाट पदमुक्त गरी आवश्यक कारवाही गर्न अनुरोध गरेका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here