मंसिर २८ । रौतहटको ईशनाथ नगरपालिकाकी समाजसेवी तथा जनता प्रेमी श्रीमती अन्जु झा सम्मानित हुनु भएकी छीन् ।समाजसेवी झालाई गृहसचिव महेश्वर न्यौपानेले सम्मान गरेका हुन् । कोभिड—१९, बाढी तथा अन्य रौतहट जिल्ला तथा विभिन्न नगरमा समाज सेवाको क्षेत्रमा उत्कृष्ट कार्यको मूल्यांकनको कदर गर्दै गृहसचिव न्यौपानेले कदरपत्रबाट सम्मानित गरेका हुन् । जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा आयोजित भवन उदघाटन समारोहमा कोभिड महामारीमा संक्रमणको जोखिम ब्यवस्थापन लगायतका क्षेत्रमा सकृय रुपमा जिल्लाका परोहा नगर प्रमुख शेख वकिल, राजपुर नपाका नगर प्रमुख शेख सकिल, देवाही गोनाहीका नगर प्रमुख धर्मेन्द्र पटेल,गैर सरकारी संस्था माण्डवी तथा गैर सरकारी संस्था अार डी सीको अध्यक्ष पारस हुसैन, सहित अन्य गा.पा.न.पा.का नगर प्रमुख,तथा संग संस्थाका अध्यक्ष र समाजसेवी, कर्मचारी तथा संचारकर्मी लाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मान समारोहमा गृहसचीव महेश्वर न्यौपानेका साथै नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्रका आईजीपी शैलेन्द्र खनाल, राष्ट्यि अनुसन्धान प्रमुख गणेश अधिकारी, रौतहटका सिडियो ईन्द्रदेव यादवका साथै प्रदेश तथा जिल्लाका सुरक्षाप्रमुखहरु, स्थानीय निकायका प्रमुखहरु तथा जिल्लाका संग संस्था हरू सबै कार्यालयका कर्मचारी प्रमुखहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here