रौतहट , १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको सवारीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम शाहका अनुसार जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा तर्फ अउँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई साँझ करिब सवा ७ बजे ठक्कर दिएको थियो । ठक्कर पछि घाइते घिमिरेको चन्द्रनिगाहपुर स्थित सिभिल अस्पतालमा उपचार गराएका थिए । ‘हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको रौतहट प्रहरी उपरीक्षक (एसपी) शाहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here