अरविन्द कुमार यादव
रौतहट २९ फाल्गुन ।रौतहटको सदरमुकाम गौर बिपि चौक पश्चिम जाने सडक जलमग्न अवस्थामा रहेको छ।गौर नगरपालिका वर्डा नम्बर ३ अबस्थित रहेको बिपि चौक पश्चिम तर्फ जाने ईशनाथ नगरपालिका जोडिएको सडक शुक्रबार रातीको वर्षाले पानी सडक जलमग्न भएको छ।

सडकमा पानी जमेको कारण पैदल ,टेम्पो यात्रीहरुलाई आवतजावत प्रभावित भएको छ।जमेको पानीले सडक पोखरीमा परिणत भएको अवस्था रहेको छ।हिन्दुहरुको महान होली पर्व आउन लाग्दा पर्व मनाउने सर समाग्री किनमेल गर्न सडकमा जमेको पानी प्रभावित गरिने छ।
करिब साठी मिटरको दुरी बिच रहेको सडक वर्षाको पानीले पैदल आवतजावतमा कठिनाइ भइ रहेको स्थानीयले बताउछन् ।सदरमुकाम गौर बिपि चौक देखि साल्ट ट्रेडिङ सम्म सडक अधुरै रहेकैले पानी जम्मा भएको छ।

पानीको निकास नभएकोले पानी जम्मा भएको देखिएको छ तर संबंधित निकाय हालसम्म मौनता देखाएको छ।
स्थानीयले पानी निकाल्न पहल गर्नलाई गौर नगरपालिकाको मेयर अजय गुप्तासङ्ग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here