चैत ३० ।। रौतहटको ईशनाथ नगरपालीका वडा नम्बर २ र ३ मा समाजसेवी अन्जु झाले व्यक्ति गत स्रोत बाट १७० घर परिवार मुस्लिम समुदाय रहेकोले सम्पूर्ण मुस्लिम समुदायमा रमजान मुबारकको अवसरमा १ महिन पुगने गरि खाद्ययान समाग्री वितरण गरेकी हुन ।

ईशनाथ नगरपालिका वाड २ र ३ मा मुस्लिम समुदाय हरूले राहत पाउदा धेरै खुसी र हर्शिद भएको हो एक स्थानीयले भने मेरो कपाल सेतो भयो अहिले सम्म यस्तो राहत पैकेज पाएको थिएन मईले यो रामजान पर्व को अवसर हामीले यो राहत एक महिना पुगने गरि राहत पाउदा धेरै खुसी महसुस गरिरहेको छु ।

एक स्थानीय महिला भने कोरोना भाईरस तथा लक डाउनको कारणले हामी हरूले प्रभावित परेको कारणले हामी हरूलाई १ महिना पुगने गरि समाजसेवी अन्जु झाले राहत उपलब्ध गराएको मा हामी हरू बाट धेरै धेरै धन्यवाद दिदै छु ।

राहत पैकेजमा रहेको समाग्री २५ किलो चामल,५ किलो चिनी,५ ओटा नुहाउने साबुन,६ ओटा लुगा धुने साबुन,३ किलो सर्फ,५०० ग्राम काजु ,२ किलो सुजि,१ किलो सोबिन,२ किलो दाल ,१ किलो होर्लिश,२५० ग्राम किसमिस , २५० ग्राम पिसता , २ किलो सेबई २ किलो खाने तेल,१ किलो डि.डि.सी घी, रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here