रौतहट । मुस्लिम समुदायको पवित्र महिना रमजान पर्व सुरु भएको छ । एक महीनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरु उपवास (रोजा) बस्छन् । यो पर्वमा बालबालिका, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् । यो अवस्थाका व्यक्तिलाई रोजा बस्न मनाही रहेको छ । यो पर्व साँझमा चन्द्रमा हेरेर विधिवत रूपमा सुरु हुन्छ भने एक महिनापछि फेरि चन्द्रमा हेरेर नै समापन हुन्छ । तीस दिनको रमजानमा रोजा गरिसकेपछि इदुलफित्र मनाइन्छ । चन्द्रमा हेरेर सुरु हुने यो पर्वमा १ महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । हरेक दिन सूर्य उदाउनुभन्दा अगाडि केही खानेकुरा खाई शुरु हुने रोजा सूर्यास्त भइसकेपछि खानेकुरा खाएर (इफ्तार) खोल्ने गरिन्छ । यो पर्वमा गरिबलाई दान दिनु र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here