७ बैशाख, रौतहट । कोरोनाको दोश्रो लहरले रौतहटमा संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गर्न थालेको छ ।रौतहटमा हाल २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बैशाख १ देखी ६ गते सम्म भएको ४७ परिक्षणमा २९ जना संक्रमित भेटिएका हुन । संक्रमण बढदा समेत स्थानियले सचेतना नअपानाए पछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिवाना गराउने निर्णय गरेको छ ।आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरीवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टीन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “अवस्था हेरेर गौरमा थप दुई वटा आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ ।” प्रमुख जिल्ला अधिकारी यादवले भने “होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायीक क्वारेन्टीनमा राखिने छ ।” सिमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको उनले बताए ।

गौरमा घरमै रहेका संक्रमितहरु किनमेलका लागी बजार जाने तथा घर बाहिर निस्कने गुनासो बढे पछि त्यस्ता संक्रमितहरुलाई फोन मार्फत सचेत गराइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । संक्रमितहरु घर बाहिर देखिए उनीहरुलाई नगरपालिकाले संचालन गर्ने क्वारेन्टीनमा लगेर राखिने उनले बताए ।

गौरको विपी चोकमा स्थानियलाई मास्क वितरण गर्दै भोलिबाट मास्क नलगाएमा जरीवाना हुने जानकारी प्रशासनले दिएको छ । संक्रमितको सँख्या बढे पनि स्थानियले मास्क लगाउन तथा सावधानी अपनाउन वेवास्ता गरि रहेका छन । संक्रमण रोक्न मास्कको प्रयोग तथा भौतिक दूरीको बारेमा स्थानियले वेवास्ता गरि रहेका छन ।यता सचेतना फैलाउनु पर्ने राजनितिक दल, सँस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here