अरबिन्द कुमार यादव
रौतहट ,८ बैशाख । प्रदेश नम्बर २ का रौतहट जिल्ला अन्तर्गत रहेको राजपुर नगरपालिकाले आफ्नो नगरवासीलाई एआरभी खोप दिने सुविधा सुरु गरेको छ।
राजपुर नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एआरभी खोप(कुकुर,स्याल आदीले टोकेपछी सो विरुद्धको खोप)जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादव एवं मेयर शेख सकिल अख्तरको संयुक्त बाहुलीबाट उद्घाटन गरेका थिए।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख अधिकारी ईन्द्रदेव यादवले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भने अन्यत्र सेवा लिनु जानू भन्दा बेस आफ्नै नगरमा सेवा झन प्रभावकारी हुन्छ उनले बताए।
राजपुर नगरवासिहरुको लागि अब खुशिको खबर छ कि
नगर प्रमुख शेख सकिल अख्तर र कार्यालय प्रमुख बैजु ठाकुर लगायत स्वास्थ्य तर्फका कर्मचारी मोहम्मद कहफुलको बिशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र, राजपुर फरहदवामा ARV (कुकुर, स्याल टोकेको विरुद्ध) खोप उपलब्ध गराउनु भएकोमा जिल्ला प्रमुख अधिकारी इन्द्र देव यादवले बधाई तथा धन्यवाद ब्यक्त गरेका थिए ।
पहिला जिल्ला अस्पताल गौरमा सेवा लिइ रहदा जान कठिनाइ ,खोप लिने ठाउँ थाहा नपाएर व्यक्ति उदासिएर घर फर्किने झन्झट आजबाट अन्त्य आफ्नै पालिकाको प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा गई कुकुर काटेको व्यक्तिले खोप लिने समय बचिने उनले बताए।
जिल्लाकै प्रथम पालिका राजपुर नगरपालिकाले संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा एआरभी खोप आज देखि सुरु गरेको छ
प्रत्येक महिनामा ५० वटा खोप आईरहने तर विरामी संख्या थपिदै गए नगरपालिकाले बजेट विनियोजन गरेर एआरभी खोप खरिद गरि जनतालाई सेवा दिइरहने मेयर अख्तरले बताए ।
मेरो चुनावी प्रतिबद्धता मध्ये अन्तिम एआरभी खोप बाकी रहेको थियो हिजो पत्र पाए खोप सन्चालन गर्ने सम्बन्धि आज देखि सुरु गराएको मेयर अख्तरले बताए।

एआरभी (कुकुर ,स्याल आदीले टोके विरुद्ध )खोप शुभारम्भ कार्यक्रमको आयोजना राजपुर नगरपालिकाले गरेका थिए भने मेयर शेख सकिल अख्तरले अध्यक्षता गरेका थिए।कार्यक्रम विशिष्ट अतिथी,उपमेयर,निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर,जिल्ला जन स्वास्थ्य कार्यालय रौतहटको प्रमुख लगायत स्वास्थ्य कर्मी प्रहरीप्रशासन एवं नगरवासीको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here