राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रकादिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको बिहिवार बसेको बैठक पछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिनपनि घरमै बसेर नमाज पढ्न आग्रह गरे ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष पनि दोस्रो लहरको कोरोना भाइरस महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिनपनि दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्यालगर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न समेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईद–उल–फित्र मनाउने गरिन्छ । यस दिन सामुहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईद–उल–फित्र आगामी शुक्रबार मनाईदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here