रौतहट जेठ ३ ।। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै जाँदा बौधिमाइ नगरपालिकाले आज देखी थप एक एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को बेला एम्बुलेन्सको अभावमा संक्रमितलाई अस्पतालसम्म जान आउन कुनै समस्य नहोस् भन्ने उद्देश्यका साथ नगरमा थप एक एम्बुलेन्स संचालनमा ल्याएको नगर प्रमुख राजिव रंजन यादवले बताए ।

बौधिमाइ नगरपालिकाले कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र जाँच गराउनका लागि नगरपालिकाले एम्बुलेन्स शुरु गरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो । सो एम्बुलेन्स २४ औं घण्टा नगरवासिको सेवामा संचालन रहने उनले बताए ।

अहिले पिपरिया, सरमुजवा र इनर्वारि गरि नगरपालिकामा ३ वटा एम्बुलेन्स संचालनमा रहेका छन् ।

सो संचालनमा आएको एम्बुलेन्सको सेवा लिन चालकको मोबाइल नम्बर ९८६५२८०९४० रहेको बौधिमाइ नगरपालिकाका हेल्थ कोडिनेटर राकेश प्रसाद यादवले आफ्नो फेसबुक मार्फ जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here