१७ जेठ, राैतहट । गाैर नगरपालिकाका एक समाजसेवी युवा बिजय साहले र गौर जिल्ला अस्पताल र मानव सेवा जेष्ठ नागरिकलाई काेराेनाबाट जोगिन स्वास्थ्य सम्बन्धि सामाग्री सहयाेग गरेका छन।

गौर नगरपालिका वडा नं.६ घर भई हाल नापी शाखा कार्यालयमा कार्यरत बिजय साहले आफ्नो एक वर्षको पारिश्रमिक बापतको रकमले गौर नगरपालिकाका विभिन्न निकायमा स्वास्थ्य सामग्री सहयोग गर्ने बिजय साहले रौतहटएक्सप्रेस अनलाइन लाई जनाएका छन ।

बिजय साहले जिल्ला गौर अस्पताल र मानव सेवा र जेष्ठ नागरिकलाई सर्जिकल मास्क , K95 मास्क भ्यापोराइजर डिटोल साबुन, फिनाइल,फेस सिल तीन वटैलाई वितरण गरेका छन् ।

काेराेनाभाइरसकाे दाेश्राे लहरमा पिडा भोगिरहेका पीडित जनता तथा काम गरिरहेका पत्रकार तथा कर्मचारीकाे मनाेबल उच्च राख्ने उद्देश्यले उक्त सहयाेग गरेकाे बिजय साहले भने आफु एक कर्मचारी भएकोले अन्य कर्मचारीलाई पिडा बुझेर सहयाेग गरेकाे उनकाे भनाई रहेको छ ।

गौर अस्पतालका डा.क्रिसना सहले सहयाेगी बिजय साहलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यसैगरी आज (मंगलबार ) गौर अस्पताल र मानव सेवा, र जेष्ठ नागरिकमा वितरण गर्ने कार्यक्रम रहेकाे बिजय साहले रौतहट एक्सप्रेस अनलाइन लाई जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here