पवन प्रसाद साह पर्सा /जेठ २० गते ।। सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०२।२० गते विहान ०१:०० बजेको समयमा जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.२ भिष्वा बञ्जारीबाट अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने सूचना प्राप्त भई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्याक्टर उल्लेखित स्थानको दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएको, उक्त ट्याक्टरको तलासी लिंदा ट्याक्टरमा कस्तुरी लेखिएको मदिरा ३०० कार्टुन फेला परेको हुँदा सो ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००।– ( दश लाख साठ्ठी हजार ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको व्यहोरा सूचित गरिन्छ ।
साथै,उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here