जेष्ठ २२ ।। रौतहटको ईशनाथ नगरपालिकाकी चर्चित समाजसेवी अन्जु झाको बुबा बिरेन्द्र झाले ईशनाथ नगरपालिकाको वाड नम्बर २ र ३ औरैया पिपरा टोलमा ३०० किसानलाई उन्नत धानको बिउ वितरण गर्नमा ब्यस्त रहेको छ ।

कोरोना कहरमा पनि चर्चित समाजसेवी अन्जु झाको बुबा बिरेन्द्र झाको दैनिकि फरक देखिएको छ । सम्बन्धित वडाका बुद्धि जिबीको साथमा लिएर उनी प्रत्येक दिन नगर क्षेत्रको वडा तथा टोल टोलमा जनता हरूको दुख सुख बुझ्न पुुगिरहेको छ ।

लकडाउनको अन्दाजी २९ दिन दैनिक ज्यालादारी गर्ने गरीब परिवार भोखो नबसुुन भन्ने उद्देश्यका साथ समाजसेवी अन्जु झाको बुबाले खेतमा हुने किसानलाई उन्नत धानको बिउ समेत वितरण गरिरहेको छ ।

लकडाउनको कारण जिल्लाका सबै बजार तथा पसल बन्द रहेको समयमा खाद्यान्न उब्जनीमा कमी नहोस् भन्ने उद्देश्यले प्रत्येक किसानलाई १२ किलोको दरले धानको बिउ र ५ किलोको दरले डि.ए.पि.मल वितरण गरिरहेको समाजसेवी अन्जु झाको बुबा बिरेन्द्र झाले जानकारी दिएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको वाड नम्बर २ र ३ वटै वडामा कुल ३०० सय किसानलाई १२ किलोको दरले धानको बिउ र ५ किलोको दरले डि.ए.पि.मल वितरण गर्ने वाडको अगुवा र बुद्धि जिवीहरू संग छलफल गरेर निर्णय गरेको थियो ।

निर्णय अनुसार बिभिन्न ,एग्रो भेट बाट धान को बिउ, कृषी सामग्री लगायतका स्थान बाट कुल ५०० सय किलो उन्नत धानको बिउ लाएर बितरण सुुरुगरीएको समाजसेवी अन्जु झाको बुबा बिरेन्द्र झाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here