सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहा जेनरल हस्पिटलमा रहेको आइसोलेशन केन्द्रलाई ५ बेड र ४० लिटरका ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ।

कोरोना संक्रमितको उपचार गरिरहेको भुटाहा जेनेरल हस्पिटल आइसोलेशन केन्द्रलाई हेस्रा नेपाल संस्थाले मंगलबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

तर हेस्रा नेपाल संस्थाले कुनै पनि ठाउँमा सहयोग गर्दा, सहयोग भन्दा बढी फोटो खिचेर प्रचारप्रसार गर्ने गरेको छ। त्यहीँ क्रममा आज भुटाहामा पनि सहयोग भन्दा बढी फोटो खिचेर प्रचारप्रसार बढी गरेको स्थानीयको आरोप छ ।

संस्थाले सहयोगको सामग्री भन्दा बढी प्रचारप्रसार सामग्री लिएर आउने गरेको एउटै सहयोगमा ३ वटा व्यानर लगाएको हुन्छ ।

हेस्रा नेपाल संस्थाले कुनै एउटा सानो सहयोग कार्यक्रम गरेपनि ५ जना भन्दा बढी फोटो खिचने मान्छे ल्याएको हुन्छ । एउटै कार्यक्रमको सयौं भन्दा बढी फोटो खिचेर प्रचारप्रसार गर्दै आइरहेको स्थानीय हरूको आरोप लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here