जेष्ठ २६ गते । मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाको विशेष पहलमा बिरगंज महानगरपालिका वाड नम्बर २२ जगरनाथपुरमा २ सय घरपरिवारमा दिने हाते चापाकलको शिलान्यास गर्नु भएको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वाड नम्बर २२ जगरनाथपुरमा मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियको पहलमा हाते चापाकल शिलान्यास गर्नुभएको मा स्थानीयहरु हर्शित भएको छ । शिलान्यास कारेक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पितामर घिमिरे र रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालीका अध्यक्ष अरून कुमार साह र ईशनाथ नगरपालिकाकी समाजसेवी तथा माण्डी नेपाल संस्थाको अध्यक्ष अन्जु झा र रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मो.मोजिबुल्लाह लगायत बिरगंज महानगरपालिका वाड नम्बर २२ का वडाअध्यक्ष गेयासुदिन मियाँ र गाउँको बुद्धिजीवी सरकल हरू लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here