रौतहट २९ जेठ विश्वभरी दोस्रो लहरको कोरोना भाइरसको नया भेरियन्टको उपचार तथा रोकथामका लागि ग्रामीण विकास केन्द्र र (आरडीसी) नेपाल नामक संस्थाको आयोजनामा इस्लामिक रिलिफ नेपालको सहयोगमा अक्सिजन कन्ट्याक्ट सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु परोहा नगरपालिकाको अस्पताल र गौर नगरपालिकाको अस्पताल र चन्द्रपुर नगरपालिका अस्पतालहरु लाइ हस्तान्तरण गरेको हो ।
शनिवार रौतहट जिल्लाका तिन नगरपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको (RDC) Nepal का अध्यक्ष पारस हुसैनले बताएको हो ।

कोरोना महामारीबाट आम मानिस हरूलाईलाइ बचाउने उद्देश्यले आवश्यक स्वास्थ्य उपकरण तथा सामाग्रीहरु वितरण गरिएको आरडीसी नेपालका अध्यक्ष पारस हुसैनले बताएका छन ।

आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले रौतहट जिल्लाको तीनवटै नगरपालिकाका नगर प्रमुखहरु लाई शनिवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

इस्लामिक रिलिफ नेपालको सहयोगमा आरडीसी नेपालले सर्जिकल ग्लब्स, भिटामिन डी, अक्सिजन कन्ट्याक्टर २६ थान सामाग्री तीनवटै नपामा हस्तान्तरण गरेको हो ।

३४ लाख ४१ हजार करीव मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिएका छन ।

संक्रमितको उपचार तथा सुरक्षाका लागि आवश्यकता अनुसार सामाग्रीहरु नगरपालिकाहरु मार्फत कोभिड अस्पताल तथा आइसोलेसन लाई हस्तान्तरण गरिएको अध्यक्ष पारस हुसैनको भनाई रहेको छ ।

चन्द्रपुर नगरपालिका र गौर नगरपालिका र परोहा नगरपालिका र तिन वटै नगर प्रमुखले सहयोगी संस्थाहरु लाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको तिन वटै नगरपालिकाको नगर प्रमुख भनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here