२९ जेठ, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जैस्वालले विकास निर्माण कार्यमा गरेको अनियमितता लुकाउनका लागि पार्टीका पत्रकार परिचालन गरेको रहस्य खुलेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत वडामा संचालन भएको दुईवटा आयोजनामा गरिरहेको अनियमितता लुकाउन जैस्वालले एमाले पार्टी निकटका पत्रकार परिचालन गरेका हुन् ।
कार्यालयले दिएको लागत ईष्टीमेट अनुसार काम नगरि आफु अनुकुल काम गरि अनियमितता गरेको देखेर स्थानिय सञ्चारकर्मीहरुले समाचार लेखेपछि त्यसलाई ढाकछोप गर्न अध्यक्ष जैस्वालले आफ्नो निकटका पार्टीका पत्रकारको सहयोग लिएका हुन् । दुईवटै योजनामा कमसल सामग्री प्रयोग गरि काम गराईरहेको गुनासो बढेपछि स्थानीय सञ्चारकर्मी अनिल पाण्डेयले समाचार प्रकाशन गरेका थिए । सञ्चारकर्मी पाण्डेयले समाचार सम्प्रेशन गरेपछि पोल खुल्ने डरले वडाध्यक्ष जैस्वालले आफु् निकट रहेका पार्टीका पत्रकारको मिलेमत्तोमा अनियमितता ढाकछोप गर्न लागिपरेका छन् ।
वडा अध्यक्ष जैस्वाल संग यस विषयमा प्रतिक्रीया लिन खोज्दा उनले मोबाईल स्विच गरेका थिए ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भईरहेको दुई वटै योजनामा आफ्ना आसेपासे लाई उपभोक्ता समितिमा राखि अध्यक्ष जैस्वालले काम गराउदै आएका छन् । आयोजना कार्यालयले पारदर्शी रुपमा कामकाज गराउन भनेपनि अध्यक्ष जैस्वालले सबै विवरण लुकाएको स्थानिय दिनेश यादवले बताएका छन् । उपभोक्ता समितिमा को को छ भनेर प्रश्न गर्दा सम्म वडाध्यक्ष जैयसवालले बताउन नमानेको स्थानिय यादवले बताए ।
सञ्चालनमा रहेका योजनामा कमसल सामाग्री प्रयोग भएको तथा लाग ईष्टीमेट अनुसार काम नभएको स्थानीयहरुले लिखित रुपमै आयोजना कार्यालयमा जानकारी गराएपछि कार्यालयको प्रमुख प्रदिप सिंहको निर्देशनमा आएको ईन्जिनियर धिरज ठाकुरको टिम केहिदिन अघि निर्माण स्थलमा आएर अनुगमन गरेका थिए । अनुगमनमा आएका ठाकुरको टिमले शंका लागेको स्थानबाट परिक्षणका लागि नमुना लगेपनि एक हप्ता सम्मा नतिजा नआएपछि स्थानियहरुले आयोजना कार्यालय माथि नै शंका गर्न थालेका छन् । निर्माणाधीन स्थलबाट ल्याब परिक्षणको लागि नमुना लिएर गएको एक साता बित्न लाग्दा सम्म समेत ल्याबको नतिजा नआउनु र वडाध्यक्ष जैस्वालले धमाधम ईष्टीमेट बाहिर गएर काम गराउनु आफैमा शँकाको विषय रहेको स्थानीय रामप्रसाद ठाकुर बताउछन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत एक करोडको लागतमा बघवन चौक देखि पुस्तकालय सम्म र बघवन चौक देखि पश्चिम जाने बाटोमा नाला ग्रेभल गर्ने कामको उपभोक्ता समिति बनाई अध्यक्ष जैस्वालले आफै गराईरहेका छन् । अचम्म त के छ भने स्थानिय तहको निर्वाचन सम्पन्न भएदेखि अहिले सम्म अध्यक्ष जैस्वालले गर्ने विकास निर्माणको कार्यमा एउटै व्यक्ति उपभोक्ता समितिको अध्यक्ष बनाईएको स्थानिय शिवपुजन ठाकुरले बताए । अनियमितता गर्नका लागि उपभोक्ता समिति कागजमा मात्र बनाएर आफै काम गराउने वडा अध्यक्षलाई छानबिन गरि कडा कार्वाही गर्न स्थानीय ठाकुरले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here