काठमाडौ । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले संकटको समयमा राज्य बलियो हुनुपर्नेमा निरीह देखिएको बताउनु भएको छ ।श्रमजिवि संचारकर्मीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघको तर्फबाट राहत तथा खाद्यान्न वितरण गर्ने क्रममा साना तथा मझौला व्यवसायीहरुको पक्षमा सरकारलाई गम्भीर हुन उहाँले आग्रह गर्नुभएको हो।

विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण लकडाउनले जनजीवन अस्तव्यस्त छ।

दैनिक जीवनयापन थप कष्टकर हुदै गइरहेको छ । यस महामारीको अवस्थामा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालद्वारा श्रमजीवी मजदुरहरुलाई राहत वितरण गर्दै आइरहेकोमा यस पटक संचारकर्मिहरुलाई समेटिएको हो।

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, ग्रील तथा स्टिल व्यवसायी संघ अन्तर्गत पश्चिम क्षेत्रका अध्यक्ष शैलेश ठकुरी, पश्चिम क्षेत्र खुसिबु, च:मति, ढल्कु र बालाजु इकाईका अध्यक्ष तोक बहादुर गहतराज लगायतको उपस्थितिमा उक्त राहत तथा खाद्यान्न वितरण गरिएको हो ।

सन्चारकर्मीलाई खादा सहितको सम्मान र परिचयात्मक कार्यक्रम सहित प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले सन्चारकर्मिहरुसंगको भेटघाटबाट आफू हर्षित भएको सुनाउदै व्यवसायका बारेमा र समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको थियो । मुख्यत: परिचयात्मक, सहकार्य बढाउने र सुखदुःख साट्ने हिसाबले संचारकर्मीहरुलाई सम्झिएको र उहाँहरुको पीडा र अवस्था आफुले बुझेको पनि बताउनु भयो । यसलाई राहत नभई भेटघाट र सहकार्यको सुरुवातको रुपम लिन समेत आग्रह गर्नु भयो ।
ग्रील तथा स्टिल व्यवसायमा ११ हजार व्यवसायी रहेको, दुई लाख मजदुर र ६४ जिल्लामा शाखा रहेको यस बृहत व्यवसायीहरुको आवाज राज्यले नसुनेको उहाँको गुनासो थियो । यस महामारीमा महासंघले अक्सिजन अभावको समयमा अस्पतालहरुमा अक्सिजनको सहजीकरण समेत गरेको बताउनु भयो । मजदुर, विपन्न र अशक्तहरुलाई निरन्तर राहत वितरण गर्दै आएको र अझै निरंतरता दिने बताउनु भयो ।राजनीति र समाजसेवामा निरन्तर सक्रिय उहाँ ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका भावी अध्यक्षको दावेदार समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here